काठमाडौँ, १५ पौष । आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा २ सयले बढेर छापावाला सुन ७३ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७३ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





