बैंकमा जस्तै सहकारीको पनि बचत सुरक्षण हुने

काठमाडौँ, १५ पौष । बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारीमा रहेका सदस्यका तीन लाखसम्म बचत सुरक्षण हुने भएको  छ । बैंकिङ क्षेत्रमा प्रयोगमा आएको सुरक्षणको प्रावधान सहकारीमा पनि प्रयोग गर्न लागिएको हो । सहकारीका लागि छुट्टै बचत तथा कर्जा सुरक्षण कोष स्थापना गरी सुरक्षण कार्यक्रम सञ्चालन गर्न खोजिएको हो ।

हाल सञ्चालनमा रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंक तथा वित्तीय संस्थालाई मात्र सेवा दिइरहेको छ । कोषले बैंकमा रहेको तीन लाख रुपैयाँसम्म निक्षेपका साथै बैंकहरुको साना तथा मझौलाका साथै लघु कर्जाको सुरक्षण गर्दै आएको छ । सहकारीमा जोखिम बढेसँगै साना बचतकर्तालाई सुरक्षित गर्न सरकारले सहकारी ऐनमार्फत बैंकमा जस्तै सुरक्षणको अवधारणा ल्याएको हो । यो समाचार आजको कारोबार दैनिकममा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज