फागुन १४ गते स्ववियु निर्वाचन

काठमाडौँ, १४ पौष । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन गर्ने तयारी थालेको छ ।

यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गङ्गाबहादुर थपाले ११ वर्ष अघिदेखि हुन नसकेको करिब ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने तयारी थालिएको जानकारी दिए ।

२०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो । हाल करिब एक हजार एक सय सम्बन्धन प्राप्त क्याम्पस छन् । त्रिविकै बेवास्ताका कारण गत वर्ष अन्तिम समयमा आएर निर्वाच्न स्थगित भएको थियो । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने