मोबाइल एप्सबाटै औषधिको जानकारी

काठमाडौँ, १३ पौष । औषधिबारे जानकारी पाउनका लागी मोबाइल एप्स पहिलोपटक सरकारी तवरबाट तयार गरिएको छ । जानकारीमूलक औषधि व्यवस्था विभागले ती औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार गरेको हो ।

एप्स लगइन गरेपछि औषधिको प्रयोग गर्न सकिने अवस्था, औषधिको प्रयोगबाट हुने नकारात्मक असर, औषधिका डोज, नेपालमा कुनकुन ब्रान्डका औषधि उपलब्ध रहेकोलगायतका विषयबारे जानकारी पाइनेछ ।

एप्समा संक्रमण, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी समस्या भएका बेला, प्रजनन स्वास्थ्यसँग जोडिएका औषधिबारे जानकारी राखिएको विभागले जनाएको छ ।

चिकित्सकले बढी मात्रामा सिफारिस गर्ने विभिन्न जेनेरिकका ६ सय बढी प्रकृतिका औषधि एप्समा समावेश भएको जनाइएको छ । विभागका अनुसार एप्सका कारण उपभोक्ताहरू ठगिनबाट जोगिन्छन् । चिकित्सक तथा सरोकारवाला पक्षले औषधिसँग सम्बन्धित सूचनाको स्रोतका रूपमा एप्सलाई प्रयोग गर्छन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र