सिद्धार्थ बैंकको ‘महिला उद्यमशील कर्जा योजना’

काठमाडौँ, १२ पौष । सिद्धार्थ बैंकले ‘महिला उद्यमशील कर्जा योजना’ संचालनमा ल्याएको छ ।

महिला उद्यमशीलता विकासको लागी पन्ध्र लाखसम्मका कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो ।

सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्धारा प्रधान गराईने सहुलियतपूर्ण कर्जाअनुसार बैंकले आफनो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ। साथै ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ ।

यस कर्जा योजनाका प्रमुख आकर्षणहरू निम्न छन्ः

१. ९० प्रतिशतसम्म फाइनान्सिङ सुविधा (अधिकतम रू १५ लाखसम्म)

२. वार्षिक ६.०२५ सम्मको आकर्षक ब्याजदर

३. प्रशासनिक शुल्क नलाग्ने

४. अग्रिम भुक्तानी शुल्क नलाग्ने सरल भुक्तानी सुविधा

५. कार्य दिन भित्रै कर्जा स्वीकृत हुने

उक्त कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको साझेदारी प्रोजेक्टद्धारा देशका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको बैंकले बताएको छ ।

सिद्धार्थ बैंकले हाल देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९७ एटिएम र १ हजार ६ सय भन्दा बढी पिअ मेसिनमार्फत् सेवा दिदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज