काठमाडौँ, ११ पौष । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब त्रिभुवन आर्मी विजयी भएको छ ।
आज सातदोबाटोमा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई दुई-शून्य गोल अन्तरले पराजित गरेको हो । जितसँगै आर्मी तालिकामा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको शेर्पा भने २ अंकसहित तालिकाको १० औंँ स्थानमा छ ।
आजको खेलमा आर्मीका भरत खवास म्यान अफ द म्याच घोषित भए ।





