मनाङको तेस्रो जित, ब्रिगेड ब्वाइज पराजित

काठमाडौँ, १० पौष ।  साविक विजेता मनाङ मर्स्याङदी क्लबे शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित हात पारेको छ ।

बिहीबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाईज क्लबलाई १-० ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङका लागि २२५ औं मिनेटमा जगजित श्रेष्ठले गोल गरे ।

७३ औं मिनेटमा ब्रिगेडका विजय गुरुङलाई फल गरेकाले मनाङका एक राज बुढाथोकीले सिधै रातो कार्ड खाएका थिए । त्यसपछि मनाङ दस खेलाडीमा सीमित भए पनि ब्रिगेगड ब्वाइजले त्यसको फाइदा उठाउन सकेन । लिगमा ब्रिगेड ब्वाइजको यो लगातार दोस्रो हार हो ।

साविक विजेता मनाङ भने लगातार तेस्रो जित हासिल गर्दै ९ अंकका साथ शीर्ष स्थानमा छ । यसअघि मनाङले दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मीलाई पराजित गरेको थियो ।

पहिलो खेलमा  फ्रेन्डस क्लबलाई पराजित गरेको ब्रिगेड ब्वाइजले यसअघि मछिन्द्र क्लबसँग पराजय व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ असोज । भुटानले आफ्नो प्राकृतिक सम्पदाबाट प्राप्त हुने पारिस्थितिकीय सेवाको मौद्रिक मूल्य मापन गर्दै ‘ग्रस इकोसिस्टम प्रोडक्ट’ (जीईपी) सार्वजनिक

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित स्वागत गरेसँगै सीको तीनदिने

एजेन्सी, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो वार्ता भएको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले