ट्रिटनमा क्रिसमस, केक र उपहार आदान प्रदान

काठमाडौंँ, ९ पौष । सबै धर्मको उद्धेश्य एउटै हो मानवको कल्याण गर्नु, हत्या, हिंसा नगर्नु, कसैलाई अन्याय नगर्नु । सबै धर्म एकै हो र कुनैपनि धर्म सानो ठुलो हुँदैन भन्ने सन्देश दिन ट्रिटन सेकेण्डरी स्कुल, सुविधानगर, तिनकुनेमा क्रिस्चियनहरुको महान चाड ‘क्रिसमस’ विद्यार्थीमाझ भव्य रुपमा मनाइएको छ ।

कक्षा ९ का विद्यार्थीहरुको पहलमा क्रिसमस मनाइएको थियो । कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई सहभागी गराई मनाइएको क्रिसमसको लागि विद्यालय प्रशासनले १५ पाउण्डको आर्कषक केक बनाउनुको साथै विद्यार्थीहलाई बाँड्नका लागि थुप्रै चकलेट र उपहारहरु किनेर ल्याएको थियो ।

विद्यालयका निर्देशक राजन सुवेदी र भाइस प्रिन्सिपल ममता शाहले केक र चकलेट सबै विद्यार्थीहरुलाई बाँडेका थिए भने हरेक कक्षाका विद्यार्थीले आआफ्नो कला र नृत्य प्रस्तुत गरेका थिए ।

नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीले कागजमा कपास टाँसेर सान्ता क्लजको तस्वीर बनाएका थिए भने धेरै विद्यार्थी सान्टा क्लजले लगाउने पोशाक लगाएर रमाइरहेका थिए ।

विद्यालयले क्रिसमस मात्रै नभई हिन्दु धर्मावलम्वीहरुको महान चाड, दशैं, तिहार, माघे संक्रान्ति, साउने संक्रान्ति, कृष्ण जन्माष्टमी पनि यसैगरि भव्यरुपमा मनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने