काठमाडौँ, ८ पौष । शेयर बजार परिसूचक नेप्से साताको तेस्रो दिन आज दुई दशमलव ३ सात अंकले घटेको छ ।
दुई दशमलव ३ सात अंकले घट्दै १ हजार १ सय ६६ दशमलव २ एक अंकको बिन्दुमा पुगी मंगलबारको शेयर बजार बन्द भएको छ ।
आइतबार १ दसमलव १ सात अंक र सोमबार १७ दशमलव ७ सात अंकले वृद्धि भएको नेप्से मंगलबार भने २ दशमलव ३ सात अंकले घट्दै १ हजार १ सय ६६ दशमलव २ एक अंकको बिन्दुमा पुगेको हो ।
मंगलबार कुल १ सय ७१ वटा कम्पनीको २० लाख २९ हजार कित्ता शेयर ७२ करोड १६ लाख रुपैंया भन्दा बढीमा कारोबार भयो । मंगलबार कारोबारमा आएका समूहमध्ये बैंक, व्यापार, वित्त, अन्य र सामूहिक लगानी कोष समूह बढेका छन् भने बाँकी सबै घटेका छन् । मंगलबार पनि सोमबार जस्तै शिवम् सिमेन्टको शेयर कारोबार सबैभन्दा धेरै अर्थात १० करोड ३३ लाख रुपैंया भन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै नागरिक लगानी कोषको ८ करोड ८२ लाख र नेपाल बैंकको ७ करोड ६२ लाख रुपैंयाको कारोबार भएको छ । समग्र परिसूचक घटे पनि सपोर्ट माइक्रोफाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक, पाँचथर पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले उच्च कमाएका छन् ।






