नक्कली नोटसहित ४ बंगलादेशी नागरिक पक्राउ

भक्तपुर, ८ पौष । भक्तपुरबाट नक्कली नोटसहित प्रहरीले चार जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरको छ ।

मध्यपुर थिमि नगरपालिका–१ मा रहेको परिधि गिफ्ट पसलमा २ हजार रुपैयाँ नक्कली नोट दिएर फरार भएका बंगलादेश फरिदपुर घर भई हाल लोकन्थली बस्दै आएका बंगलादेशी नागरिक २६ वर्षीय सुमन खानलाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरेको हो ।

अनुसन्धानका लागि उनीसँगै कोठामा बस्दै आएका अन्य तीन जनालाई समेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा अन्य तीनमा बङ्गलादेश नेत्रकुना घर भई लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद, सोही स्थान बस्ने २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेको उनले बताए ।

खान लोकन्थलीमा रहेको लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने गरेको र कोठामा खानतलासी गर्दा १ हजार रुपैयाँ दरका नक्कली जस्तो देखिने १६ थान गरी जम्मा १८ थान नेपाली नोट बरामद गरिएको डिएसपी थापाले बताए ।

आइतबार राती नक्कली नोट दिई फरार रहेका मुख्य अभियुक्त सुमन खानलाई काठमाडौं पेप्सीकोला टाउनप्लानिङमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक