दशदिने सार्वजनिक सूचना प्रकाशित गर्ने समितिको निर्णय

काठमाडौँ, ८ पौष । सङ्घीय संंसद् संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्य पदमा प्रस्तावित लक्ष्मीबहादुर ‘निराला’ खड्काको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सुुनुवाइ प्रक्रियालाई अघि बढाउने सन्दर्भमा बैठकले उक्त पदका लागि प्रस्तावित निरालाप्रति कुनै सिकायत भए १० दिनभित्र उजुरी दिन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ ।

परिषद्का सदस्य पदम वैदिकले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले निरालाको नाम प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएका हुन् । निराला मुलुकका पुराना र वरिष्ठ वकिल रहेका छन् ।

यसअघि केही समय उनले महान्यायाधिवक्ताको जिम्मेवारीसमेत सम्हालेका थिए । समितिले उजुरी प्राप्त भएपछि उजुरीकर्तासँग छलफल सकेपछि निरालासँग सुनुवाइ गर्नेछ । यी सबै प्रक्रिया करिब १५ दिनमा पूरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न