ट्वीटरमा फलो गर्नेलाई पुरस्कार दिने चिनियाँ राजदूतको घोषणा

काठमाडौँ, ८ पौष । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफूलाई ट्वीटरमा फलो गर्नेलाई पुरस्कार घोषणा गरेकी छन् ।

राजदूत यान्छीको पोस्टलाई रि–ट्विट, कमेन्ट र एक जना साथीलाई ट्यागसमेत गर्नुपर्नेछ । २६ डिसेम्बर मध्यान्ह १२ बजेसम्म आफूलाई फलो, रि–ट्वीट, कमेन्ट र ट्याग गर्नेमध्ये पाँच जनालाई पुरस्कार दिइने यान्छीले ट्वीटरबाट जानकारी दिएकी छन् ।

२७ डिसेम्बरबाट काठमाडौंमा सुरु हुने चिनियाँ चलचित्र महोत्सवलाई लक्षित गर्दै राजदूत यान्छीले यस्तो प्रतियोगिता घोषणा गरेकी हुन् । उनले पुरस्कृतलाई महोत्सवकै दुई वटा टिकट उपलब्ध गराउने जनाएकी छन् ।

गत जुनदेखि ट्वीटर एकाउन्ट सञ्चालन गरेकी यान्छीले २९ जनालाई फलो गरेकी छन् । त्यसमध्ये नेपालका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रमुख विपक्षी दलका नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल गरी पाँच नेपालीलाई फलो गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न