काठमाडौँ, ८ पौष । आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन ३ सय रुपैयाँले बढेर छापावाला सुन ७२ हजार २ सय मा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ९ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





