अनुष्का भन्छिन् -मिस वर्ल्डमा टप ५ को हकदार थिएँ !

काठमाडौँ, ८ पौष । ‘मिस नेपाल’ अनुष्का श्रेष्ठले आफू टप ५ मा पर्न नसक्नुको प्रश्नको जवाफ आफूसँग पनि नभएको बताएकी छिन् ।

काठमाडौँ सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन् ‘नेपालले यति धेरै मिहिनेत गर्दा पनि उत्कृष्ट १२ मै चित्त बुझाउनुपर्ने हो त भन्ने प्रश्न उब्जन सक्छ । यो प्रश्न मैले आफूलाई पनि सोधेकी छु ।’

‘मिस वर्ल्डमा हाम्रो प्रस्तुति हेर्दा हामी उत्कृष्ट ५ मा पर्न लायक थियौं । म जान्न चाहन्छु कि, केही न केही कारण त थियो होला । तर, त्यो कारण हामीले जान्न पाएको खण्डमा अरु बर्ष हामीलाई सजिलो हुने थियो । त्यो पारदर्शिता देखाइदिन म आयोजकसँग आग्रह गर्दछु ।’ ‘हामी सबै एकजुट भएर अगाडि बढेको मैले पाएँ । नेपाल र नेपालीलाई सकारात्मक बनाएको देख्दा मिस वर्ल्डमा बर्षमा एक पटक होइन दुई पटक जान पाए हुन्थ्यो भन्ने लागेको छ ।’

उनले, फाइनलको दिन नआएसम्म आफूलाई हरेक दिन प्रतिस्पर्धा जस्तो नलागेको बताइन् । उनले, हरेक दिन नयाँ नयाँ देशका प्रतिस्पर्धीलाई आफूले चिन्ने मौका पाएको सुनाइन् । ‘मिस वर्ल्ड’मा अनुष्काले ‘मल्टिमिडिया र व्यूटी विथ अ पर्पस’ अवार्ड जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न