सत्तापक्षकै सांसदले मागे गोकर्ण रिसोर्टबारे सरकारकाे जवाफ

काठमाडौँ, ८ पौष । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय संसद्को राष्ट्रिय सभातर्फका मुख्य सचेतक खिमलाल भट्टराईले गोकर्ण रिसोर्टबारे टीकाटिप्पणी भइरहेकाले सदनमा यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर भट्टराईले गोकर्ण रिसोर्टसँगै नारायणहिटी दरबारअगाडिको नेपाल ट्रस्टको जग्गाबारे आलोचना भइरहेको घटनाले सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

‘सरकारको तर्फबाट यी विषयमा सदनलाई जानकारी गराइयोस्,’ उनले भने, ‘जग्गा भाडामा दिने निर्णय के कसरी भएको हो ? जनतालाई बुझाउन जरुरी छ ।’

सरकारले हालै ६ वर्ष अवधि बाँकी हुँदाहुँदै गोकर्ण रिसोर्ट भएको जग्गा यती समूहलाई दिने सम्झौताको म्याद थप गरेको थियो । पुरानो सम्झौता अवधि ६ वर्ष बाँकी हुँदै नेपाल ट्रस्टको कानुन संशोधन गरेर यो निर्णय भएको हो ।

त्यस्तै, नेपाल ट्रस्टमातहत रहेको दरबारमार्गको जग्गासमेत धेरै सस्तोमा यती समूहलाई नै दिएको भन्दै सरकारको आलोचना भइरहेको छ । सोमबारको राष्ट्रियसभा बैठकमा सत्तापक्ष र विपक्ष दुवैतर्फ बोल्ने सांसदले यो विषय जोडदार रूपमा उठाए ।

यसैगरी, प्रमुख प्रतिपक्षी कांग्रेस सांसद राधेश्याम अधिकारीले नेपाल ट्रस्टको सम्पत्ति हिनामिनामा ‘प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रत्यक्ष संलग्नता छ’ भन्ने धारणा विकसित हुँदै गएको उल्लेख गरे । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate