युरो किड्समा खेल सप्ताह

भक्तपुर, ७ पौष । भक्तपुर युरो किड्स सल्लाघारीमा पढीरहेका सबै वालवालिकालाई खेलकूदमा सहभागी गराउने उद्धेश्यले आयोजित सप्ताहव्यापी युरो किड्स खेल महोत्सव २०१९ सोमबार सम्पन्न भयो ।

सप्ताहव्यापी खेल महोत्सवमा शटपुट, लङ्गजम्प, ५० मिटर रिले दौड, रिले फ्रग जम्प, ५० मिटर दौड, डोरी तान (टग अफ वार), व्लाइण्ड फोल्ड, बेलुन ब्यालेन्सिङ्ग र टेवल टेनिस लगायतका खेल समावेश थिए ।

विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले खेल महोत्सवको समापनका अवसरमा विजयी विद्यार्थीलाई पदक तथा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

खेल महोत्सव समापनका अवसरमा विद्यार्थीहरुले राष्ट्रिय भावनाका गीतहरुमा नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान सार्वजनिक गरेको छ । जसअनुसार अझै दुई दिनसम्म मुलुकका

काठमाडौँ, १५ भदौ । बाँकेमा ईभी गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित सडकमा चिसापानीबाट

काठमाडौँ, १५ भदौ । ललितपुर महानगरपालिका-३ स्थित फाल्चा पाटीमा नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा

काठमाडौँ, १५ भदौ । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ ।