शेयर सूचकमा १७ अंकको सुधार

काठमाडौँ, ७ पौष । शेयर सूचक सोमबार १७.७७ अंकले बढेर सूचक ११६८.५८ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.९४ अंकले बढेर २५४.५३ अंकमा पुगेको छ । आज १७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता सेयर ५९ करोड ५७ लाख ६४ हजार रुपैयाँमा किनबेच भएको छ  ।

यस्तै शेयर सूचक सकारात्मक देखिएको सोमबार म्युचुअल फन्ड बाहेक अन्य सबै सूचक बढेका छन् । बैंकिङ समूहको उपसूचक ३.३२, ट्रेडिङ १५.५७, होटल ४६.९९, डेभलपमेन्ट बैंक १६.४४, जलविद्युत ७.७६, वित्त कम्पनी ११.५४, निर्जीबन बीमा कम्पनी १५८.८, उत्पादन तथा प्रशोधन ११३.८९, माइक्रोफाइनान्स ३०.७४, जीवन बीमा कम्पनी समूहको उपसूचक १७०.८८ अंकले बढेको हो । तर, म्युचुअल फन्ड ०.०९ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा शिवम सिमेन्ट सबैभन्दा अघि छ । शिवमको ५ करोड ८५ लाख ६० हजार रुपैयाँको शेयर किनबेच भयो। यस्तै नबिल बैंकको ४ करोड ९९ लाख ६८ हजार र नेपाल बैंकको ४ करोड ७३ लाखको कारोबार भयो ।

सोमबार नागरिक लगानी कोष, जलविद्युत लगानी तथा विकास कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, शिवम सिमेन्टका लगानीकर्ताले सबैभन्दा बढी कमाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न