काठमाडौँ, ७ पौष । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई बिदाइ गरेका छन् ।
सोमबार देउवाले पुरीलाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर पुरीको बिदाइ गरेका हुन् । यो क्रममा देउवाले काँग्रेसका शीर्ष नेताहरु समेतलाई बोलाएका थिए । जसमा सबैलाई विशेष भोजको व्यवस्था गरिएको थियो ।
सो क्रममा देउवासहित शीर्ष नेताहरु र पुरीबीच करीब १ घण्टा छलफल भएको स्रोतले बताएको छ । राजदूत पुरी आफ्नो तीनवर्षे कार्यकाल पूरा गरेर यही पुस १५ गते स्वदेश फर्किने तयारीमा छन् ।





