‘मिस पूर्वाञ्चल’को उपाधि रीजु भट्टराइलाई

धरान, ७ पौष । ‘मिस पूर्वाञ्चल’को दशौं संकरणमा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै रीजु भट्टराइले उपाधि जितेकी छिन् ।

धरानको सहभागृहमा आयोजना भएको ‘मिस पूर्वाञ्चल’को उत्कृष्ट १२ हुँदै उत्कृष्ट ५ मा पुगेकी रीजुले मुख्य निर्णायक गायक दीप श्रेष्ठको ‘नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन हामीले गर्नुपर्ने महत्वपूर्ण पक्ष के हो ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै उपाधि जितेकी हुन् ।

उनले भनिन्–‘भ्रमण बर्ष २०२० सफल पार्न सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूलाई सुधार्नु हो । हामी हिमाल, पहाड वा तराई जहाँको भए पनि पर्यटन प्रवद्र्धन गर्न आफ्नो कर्तव्य पालना गर्न भुल्नु हुँदैन ।’

त्यस्तै प्रतियोगीताको फस्ट रनरअपको उपाधि एन्जल राइले जितिन् । उनले ‘मिस मल्टिमिडिया र फोटोजेनिक’ विधामा पनि अवार्ड प्राप्त गरिन् । यस्तै, सेकेन्ड रनरअपको उपाधि भने धरानकी सिम्रन लिम्बुले जितिन् ।

कार्यक्रममा नायिका मिरुना मगर, कोरियोग्राफर जयनसुब्बा मानन्धर, सिम्रन श्रेष्ठ, प्रियारानी लामालाई आयोजक संस्था सिल्भर इन्टरटेन्मेन्टले सम्मान गरेको थियो । यो प्रतियोगीताको निर्णायकको रुपमा गायक दीप श्रेष्ठ, गायक विवेक श्रेष्ठ, नायिका मिरुना मगर, कोरियोग्राफर जयनसुब्बा मानन्धर, डाक्टर सरुन कोइराला, गंगाराज राई, गंगा कालिकोटे, कृतिका गिरी, सुरेश राई, गोपाल देवान रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,