नागरिकता विधेयक सताइएका मानिसहरुलाई सहयोग गर्न ल्याइएको हाे : मोदी

एजेन्सी, ७ पौष । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता विधेयक सताइएका मानिसहरुलाई सहयोग गर्नका लागि ल्याइएको बताएका छन ।

दिल्ली चुनावी-यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले देशभर भएका प्रदर्शनकाबीच हालै जारी भएको नागरिकतासम्बन्धी कानूनको बचाउ गरेका छन् ।

मोदीले नागरिकता ऐनबारे भ्रम फैलाइएको आरोप लगाए । उनले तोडफोडको निन्दा समेत गरेका छन् । प्रधानमन्त्री मोदीले सांसद र संसदको सम्मान गर्न पनि भनेका छन् । मुसलमान विरोधी भनी आलोचना भएको सो कानूनको विरोधका क्रममा भएका प्रदर्शनमा हालसम्म २३ जनाले ज्यान गुमाइसकेका छन् ।

 सो कानुनले छिमेकी तीन देशका गैरमुसलमान गैरकानुनी आप्रवासीलाई भारतीय नागरिकता प्राप्त गर्नका लागि सहजता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,