काठमाडौँ, ७ पौष । शहिद स्मारक ए डिभिजन लिगमाँ आज दुईखेल हुदैछ ।
मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच आज पहिलो खेल हुनेछ । यस्तै अर्को उपाधि दाबेदार मानिएको थ्री स्टार र पुलिसबीच दोस्रो खेल हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
आजै एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल यू १५ र भुटान यू १५ गर्ल्स टिमबीच मैत्रीपूर्ण खेल हुँदैछ । त्यसैले एन्फा क्म्पेलक्समा हुने तय भएको मनाङ र आर्मीबीचको खेल रंगशालामा सारिएको हो । साविक विजेता मनाङ र गत वर्ष चौथो भएको आर्मीबीच दिउँसो १२ बजे खेल हुनेछ ।
आज अर्को विभागीय टोली अनि उपाधि दाबेदार आर्मीसँग खेल्दैछ । आर्मीले पहिलो खेलमा फ्रेण्ड्सलाई २-१ ले पराजित गरेको थियो । दुवै टोली लगातार जित हात पार्ने लक्ष्यमा हुनेछ ।






