ललितानिवास प्रकरणमा अभियाेजनकाे तयारी

काठमाडौँ, ७ पौष ।ललितानिवास जग्गा प्रकरणमा तत्कालीन विभागीय मन्त्रीदेखि सरकारी जग्गा खरिद गर्ने जग्गाधनीसमेतलाई अभियोजनको तयारी भइरहेको छ । ललितानिवास जग्गा प्रकरणका आरोपीहरूलाई अख्यितार दुरूपयोग अनुसन्धान आयोगले सम्भवतः यसै साता विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो ।

सो प्रकरणमा आयोगले गठन गरेको अनुसन्धान टोलीले आयोगको बोर्डमा आफ्नो प्रतिवेदन बुझाएको छ । बोर्डले निर्णय गरेकै दिन विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको स्रोतले बतायो । स्रोतले भन्यो, ‘प्रतिवेदनमाथि अहिले आयोगका पदाधिकारीले अध्ययन तथा छलफल गरिरहेका छन् ।’

यसअघि मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीले गैरकानुनी किसिमबाट सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको बारे अख्तियारमा परेको उजुरीको विषयमा अख्तियारले २०६० असार १८ मा गरेको निर्णयमा यस विषयलाई तामेलीमा राख्ने निर्णय गरिएको थियो ।

अख्यितार स्रोतले भन्यो, ‘आरोपितहरूलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गर्ने वा पक्राउ नगरी अदालमा मुद्दा दायर गर्ने विषयमा अझै टुंगो लागेको छैन । यसबारेमा अख्यितारका पदाधिकारीहरूले आन्तरिक छलफल गरेका छन् ।

आयोगका एक सहसचिवको संयोजकत्वमा अनुसन्धान समिति गठन गरिएको थियो । स्रोतका अनुसार अनुसन्धान समितिले यस प्रकरणमा राजनीतिक व्यक्तिहरूलाई पनि जोडेको छ । तर अख्यितारले मुद्दा दर्ता गर्दा राजनीतिक व्यक्तिलाई मुछ्ने वा नमुछ्ने विषयमा अझै टुंगो लागेको छैन ।

डिल्लीबजार मालपोत कार्यालय स्रोतका अनुसार अघिल्लो साता अख्यिारका अनुसन्धान टोलीका सदस्यले थप बुझ्न भनी डिल्लीबजार मालपोत कार्यालयबाट थप कागजात मगाएका थिए ।

स्रोतका अनुसार नक्कली मोही खडा गराउने विवरण पेस गर्ने तत्कालीन भौतिक पूर्वाधार मन्त्री विजय गच्छेदार तथा सचिव दीप बस्न्यात पनि यस प्रकरणमा जोडिएका छन् । बस्न्यात पूर्वअख्तियार प्रमुख पनि हुन् ।

यसैगरी नक्कली मोही कायन गर्न भूमिसुधार कार्यालयले नमानेपछि मालपोत कार्यालयबाट नक्कली मोही कायम गर्न निर्देशन दिने तत्काली भूमिसुधार मन्त्री डम्मर श्रेष्ठ तथा तत्कालीन भूमिसुधार सचिव छविराज पन्त पनि यस प्रकरणमा दोषी देखाइएका छन् ।

तत्कालीन मालपोत कार्यालय प्रमुख हरिकृष्ण तिमिल्सनासमेत जोडिएको यस प्रतिवेदनमा तत्कालीन मालपोत कार्यालय प्रमुख टीकाराम घिमिरे पनि यस प्रकरणमा दोषी देखाइएका छन् । घिमिरेले सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन गैरकानुनी किसिमबाट काम गर्ने तथा तिमल्सेना नक्कली मोही खडा गर्ने प्रकरणमा जोडिएका छन् । नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको

काठमाडौँ, २३ मंसिर । पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा प्रवेश

काठमाडौँ, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भदौमा भएको युवा विद्रोह (जेनजी आन्दोलन) को मर्मलाई

दाङ, २३ मंसिर ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको