एसईई प्रश्नपत्र केन्द्रले नै छाप्ने

काठमाडौँ, ७ पौष । यस पटक पनि प्रवेशिका परीक्षा (एसईई)को प्रश्नपत्र केन्द्रबाट नै छापेर प्रदेशमा पठाइने भएको छ । नेपालको संविधानले माध्यमिक तहको शिक्षाको अधिकार प्रदेश तहलाई प्रत्यायोजित गरिसकेको छ ।

सोहीअनुरूप एसईई परीक्षाको उत्तरपुस्तिका प्रदेश सरकारले छाप्ने र परीक्षा व्यवस्थापन गर्दै आएको छ भने स्थानीय तहले कक्षा ८ को परीक्षा पूर्ण रूपमा सञ्चालन गर्ने गरेका छन् । प्रदेश ५ का शिक्षा निर्देशक मनोज गैरेले कक्षा ८ को परीक्षा गोपनीयताका साथ स्थानीय तहले सञ्चालन गर्न सक्छन् भने कक्षा १० को परीक्षा प्रदेश सरकारले सञ्चालन गर्न नसक्ने तर्क नै उपयुक्त नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेशले गोपनीयता कायम गर्न सक्छ, दुई वर्षदेखि नै हामीले प्रश्नपत्र छपाइको जिम्मा पनि प्रदेशलाई हस्तान्तरण गर्दा हुन्छ भनेर तत्कालीन परीक्षा नियन्त्रकलाई भनेका थियौँ । यो वर्ष भइहाल्यो, आगामी वर्ष दिने व्यवस्था गरौँला भन्नुभएको थियो तर गत वर्ष पनि केन्द्रले नै छाप्यो । यस वर्ष पनि केन्द्रले नै छाप्ने भयो ।” उहाँका अनुसार प्रदेश ५ लाई एसईई परीक्षाको उत्तरपुस्तिका छाप्न भनेर तीन करोड १२ लाख रुपियाँ उपलब्ध गराइएको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै