अपहरित गाउँपालिका अध्यक्ष शाहीको कालिकोटबाट उद्दार

काठमाडौँ, ६ पौष । विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन् ।

उनलाई विप्लव समूहका कार्यकर्ताले आइतबार साँझ कालीकोटको जंगलबाट जंगलमा छाडेका हुन् । कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीका अनुसार शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिकामा फेला पारिएको हो ।

केहीवेर अघि मात्रै विप्लव समूहले प्रेस विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएको थियो । गाउँपालिकाको रकममा भ्रष्टाचार र विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको दाबी विज्ञप्तिमा थियो । शनिबार राति करिब दुई बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै बेला विप्लव समूहले अपहरण गरेको थियो

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,