मन्त्री भट्टराईद्वारा भ्रमण वर्ष सफल बनाउन सरोकारवाला निकायलाई आग्रह

काठमाडौँ, ६ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई आग्रह  गरेका छन ।

भ्रमण वर्षको पूर्वतयारीका सन्दर्भमा आज शैक्षिक क्षेत्रका संस्थाहरुसँगको छलफलमा मन्त्री भट्टराईले भ्रमण वर्ष सबैको साझा अभियान भएकाले यसलाई देशकै महोत्सवका रुपमा मनाउन सहकार्य र समन्वयात्मक ढङ्गले अघि बढाउन जरुरी रहेको बताए ।

उनले सन् २०२० लाई आधार मानेर नेपालको पर्यटनको एक दशकका रुपमा लिएर पर्यटन प्रवद्र्धनका साथै पर्यटकीय पूर्वाधारको कामलाई विशेष प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए । मन्त्री भट्टराईले शैक्षिक क्षेत्रमा आबद्ध संस्थाको अन्तरराष्ट्रिय सम्पर्क सञ्जाल व्यापक रहेको हुनाले भ्रमण वर्षका गतिविधि र सम्बन्धित सामग्रीको प्रभावकारी प्रयोग गर्न आग्रह गरे । उनले विद्यालय तथा शैक्षिक संस्थामा भ्रमण वर्षको लोगो तथा ब्यानरले सजाएर वातावरण सिर्जना गर्न समेत आह्वान गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,