काठमाडौँ, ६ पौष । नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुनभित्र गर्ने तयारी गरेको छ।
वार्ता समितिका संयोजक उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच अर्को वर्ष फागुनसम्म महाधिवेशन गरिसक्ने गरी अघि बढ्ने सहमति भएको छ।
सभापति शेरबहादुर देउवाले निधि र बरिष्ठ नेता पौडेलले सिंहलाई विवाद समाधानका लागि वार्ता गर्ने जिम्मेवारी दिएपछि पटकपटक वार्ता भए पनि अहिलेसम्म ठोस सहमति बन्न सकेको थिएन।
सिंह निवास चाक्सीबारीमा आइतबार बसेको बैठकमा दुवै पक्ष ०७७ फागुनभित्रै महाधिवेशन गर्ने सहमतिमा पुगेको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले जानकारी दिए।






