गाउँपालिका अध्यक्ष जेल चलान

बारा, ६ पौष । विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल राउत भेडिहरलाई जिल्ला अदालत बाराले जेल चलान गरेको छ ।

आज अदालतको २०६३ भदौ २९ गतेको फैसला आदेश अनुसार अध्यक्ष राउतलाई सवारी ज्यान मुद्दामा २९ दिन जेल चलान गरिएको हो ।अध्यक्ष राउतलाई अदालतको फैसलाअनुसार सवारी ज्यान मुद्दामा २९ दिन कैद र २ हजार नगद जरीवाना तोकिएको थियो ।

इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले उहाँलाई आइतबार बिहान पक्राउ गरी अदालतमा उपस्थित गराएको र आइतबार नै कैद भुक्तानको लागि कारागार कार्यालय वीरगञ्ज पर्सामा पठाइएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न