प्रदेश ५ को उत्कृष्ट सहकारी पुरस्कार सामूहिक विकासलाई

बुटवल, ६ पौष । प्रदेश ५ को उत्कृष्ट सहकारीमा तिलोत्तमाको सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून) को मूल्याङ्कनमा सामूहिक विकास प्रदेश ५ का चार हजार भन्दा बढी सहकारीमध्ये उत्कृष्ट सहकारी घोषित भई पुरस्कृत भएको हो ।

७ हजार ५३ जना सदस्य रहेको सहकारीको शेयर पुँजी १७ करोड २३ लाख, निक्षेप एक अर्ब ७७ करोड, ऋण लगानी एक अर्ब ८० करोड र कूल सम्पत्ति २ अर्ब ३० करोड रहेको छ । संस्थाले गत आर्थिक वर्षमा ७ करोड १७ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो । सामूहिक सहकारी आर्थिक कारोवारको हिसावले प्रदेश नं. ५ कै सवैभन्दा ठूलो सहकारी हो । सहकारीको शंकरनगर २ मा आफ्नै चारतले कार्यालय भवन छ भने १९ जना कर्मचारी छन् ।

सहकारीलाई नेफ्स्कुनको २८औं साधारणसभाका अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारीका निवर्तमान अध्यक्ष चुरामणि खरेल र अध्यक्ष सुरेन्द्र वर्मालाई प्रदेशको उत्कृष्ट सहकारी पुरस्कारको प्रमाणपत्र  प्रदान गरेकी हुन् ।

सामूहिकसँगै प्रदेशस्तरीय उत्कृष्ट सहकारी पुरस्कार पाउनेमा प्रदेश १ बाट मोरङको सुन्दरपुर सहकारी, प्रदेश २ बाट सर्लाहीको नन्देश्वर महिला सहकारी, प्रदेश ३ बाट रामेछाप मन्थलीको नवजागरण सहकारी, गण्डकी प्रदेशबाट पोखराको पोखरा रोयल सहकारी,कर्णाली प्रदेशबाट सुर्खेतको विरेन्द्रनगर सहकारी र सुदुरपश्चिम प्रदेशबाट बैतडीको जीवनज्योति सहकारी रहेका नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकालले जानकारी दिए । पाँचवटै उत्कृष्ट सहकारीलाई मन्त्री अर्यालले पुरस्कार र प्रमाणपत्र दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति