अनुष्कालाई लन्डनमा बधाईको ओइरो

काठमाडौँ, ६ पौष । लन्डनमा सम्पन्न मिस वर्ल्ड २०१९ प्रतियोगितामा टप १२ सम्म पुगेकी मिस नेपाल अनुष्का श्रेष्ठले ‘ब्युटी वीथ अ पर्पोज’ र ‘मल्टिमिडिया’ अवार्ड जितेपछि उनलाई बधाइको ओइरो लागेको छ ।

२३ वर्षीया श्रेष्ठले सामाजिक सञ्जालमा अत्यधिक इन्गेजमेन्ट, लाइक कमेन्ट अनि सेयरमार्फत भएका कारण मल्टिमिडिया अवार्ड पाएकी थिइन् भने काठमाडौँदेखि ७० किलोमिटर टाढा हेलम्बु क्षेत्रस्थित सोल्सिङ गाउँमा ग्रामीण विकास र सशक्तिकरणका लागि काम गरिरहेको उनको प्रोजेक्टले ‘ब्युटी वीथ अ पर्पोज’ अवार्ड दिलाएको थियो ।

अनुस्कालाई लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बधाई तथा शुभकामना दिएका छन् । आफ्ना आमाबाबुका साथ लन्डन बस्ने अन्तिम दिन शुक्रबार दूतावास पुगेकी अनुष्काले त्यहाँको भेट अविष्मरणीय र प्रेरणादायी भएको उल्लेख गरेकी छन् । उनले नेपाल सरकारको बेलायतमा प्रतिनिधित्वको पनि प्रशंसा गरेकी छन् ।

उता, अनुष्कालाई ब्रिस्टोल नेपाली सोसाइटीले पनि बधाईसहित सम्मान गरेको छ । नेपाल फर्किएपछि उनले आफ्नो प्रोजेक्टमा समय दिने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै