काठमाडौँ, ६ पौष । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टी ट्वान्टी क्रिकेट (पीपीएल)आज आइतबार दुई खेल हुँदैछ।
पहिलो खेल बिहान साढे ९ बजे शुरु हुनेछ । पोखरा रंगशालामा हुने पहिलो खेलमा विराटनगर टाईटन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेल साढे १२ बजे शुरु हुनेछ । खेलमा बुटवल ब्लास्टर्स र एक्स्पर्ट धनगढीबीच प्रतिस्पर्धा हुनेछ ।
तीन खेलमा ४ अंक जोडेको बुटवल तालिकाको तेस्रो स्थानमा छ । तीन खेलमा २ अंक जोडेको धनगढी तालिकाको अन्तिममा रहेको छ ।





