प्रहरी अस्पतालको निमित्त प्रमुखमा डिआईजी पाठक

काठमाडौँ, ५ पुस । नेपाल प्रहरीको अस्पतालको निमित्त प्रमुख (मेडिकल डाइरेक्टर)को जिम्मेवारी डिआईजी डाक्टर मिनराज पाठकले पाएका छन् ।

शुक्रबार अस्पतालकि एआईजी डा. दुर्गा थापाले ३० बर्षे सेवाहदका कारण अवकाश पाएपछि शुक्रबारदेखि नै पाठकले निमित्र प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

सरकारले वरिष्ठतामा अगाडि रहेका बालरोग विशेषज्ञ डा. पाठकलाई नै एआईजीमा बढुवा गरेर अस्पतालको मेडिकल डाइरेक्टरको पूर्ण जिम्मेवारी दिनेछ ।

मेडिकल डाइरेक्टर (एआईजी) नियुक्त भए डा. पाठकले करिब चार बर्ष नेपाल प्रहरी अस्पतालको नेतृत्व सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । कैलालीमा एक पुरुषको डुबेर मृत्यु भएको छ । भजनी नगरपालिका–८ गोठचौर बस्ने ६६ वर्षीय राम प्रसाद

काठमाडौँ, २५ भदौ । सिरहामा लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध

काठमाडौँ, २५ भदौ । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, २५ भदौ । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डीएनए’ नमुना