नवलपुर, ५ पौष । नवलपुरको रजहरस्थित अमर ईंग्लीस स्कुलले आफ्नो स्वर्ण महोत्सवको अवसरमा चितवनमा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालालाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बिद्यालयका प्रिन्सिपल पदम बराललगायतले सामुहिक रुपमा शुक्रबार सो रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेका हुन । स्वर्ण महोत्सव समापन समारोहमा उपस्थित भएका फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई रकम हस्तान्तरण गरिएको हो। कट्टेलले विद्यालयबाट प्राप्त सहयोगका कारण रंगशाला निर्माणमा थप उत्साह थपिएको बताए ।




