पीपीएल क्रिकेटः बुटवलको दोस्रो जित

पोखरा, ४ पौष । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा बुटवल ब्लास्टर्सले दोस्रो जित निकालेको छ ।

आज शुक्रबार पोखरा रंगशालामा भएको खेलमा बुटवलले साविक विजेता तथा घरेलु टोली पोखरा पल्टनलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

पोखराले दिएको १ सय २२ रनको लक्ष्य बुटवलले १४ ओभरमा मात्र २ विकेटको क्षतिमा भेट्टायो ।

बुटवलको जितमा अफ्ताबुद्दीन अहमेदले ७५, शंकर रानाले १९ तथा भीम सार्कीले अविजित १६ रन बनाए । पोखराका प्रथामेस डाके र राशिद खानले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।

पोखराका लागि रबि इन्दर सिंहले अविजित ४५, प्रथामेस डाकेले अविजित २०, रोहित कुमार पौडेलले १९ र इशान पाण्डेले १३ रन बनाए । बुटवलका हर्स टोकले २ तथा ललितसिंह भण्डारी, शिवम सिंह र नितेश थापाले १/१ विकेट लिए ।

जितसँगै बुटवल ३ खेलमा ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । पोखराको यो लगातार तेस्रो हार हो । पोखरा ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने

काठमाडौँ, ८ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित

काठमाडौँ, ८ असोज । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन