काठमाडौँ, ४ पौष । आज शुक्रबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
बिहीबार ७१ हजार ६ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार पनि स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमै कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





