आईपीएलको अक्सन आज

एजेन्सी, ३ पौष । इन्डियन प्रिमियर लिग (आईपीएल), २०२० को अक्सन आज कलकत्तामा हुँदैछ । आईपीएलको १३ औं संस्करणका लागि १ सय ८६ भारतीय र १ सय ४६ गैरभारतीय खेलाडीबीच अक्सन हुन लागेको हो ।

आईपीएलमा सहभागी ८ क्लबले बोलकबोलमा खेलाडी भित्र्याउने छन् । क्लबहरूसँग न्यूनतम १८ लाख डलरदेखि ६० लाख डलरसम्म अक्सनका लागि बाँकी छ । साविक विजेता मुम्बई इन्डियन्सले यो सिजनमा १ करोड २ लाख डलर खर्च गरिसकेको छ । अक्सनका लागि मुम्बईसँग १८ लाख डलर बाँकी छ । उसले दुई भारतीयसहित ७ जना खेलाडी लिन पाउँछ ।

९९ लाख डलर खर्चिसकेको चेन्नई सुपर किंग्सको २१ लाख डलर बाँकी छ । चेन्नई गत सिजनको उपविजेता हो । दिल्ली क्यापिटल्ससँग अक्सनका लागि ३९ लाख डलर छ । किंग्स–११ पन्जाबबाट अजिंके रहानेलाई भित्र्याइसकेको दिल्लीले ८१ लाख डलर खर्च गरिसकेको छ । दिल्लीले रिटेन गरिसकेकाले सन्दीप लामिछाने भने अक्सनमा सहभागी हुने छैनन् । उनलाई दिल्लीले दोस्रो पटक रिटेन गरेको हो ।

यस्तै, बढीमा ९ जनासम्म खेलाडी लिनसक्ने किंग्स–११ पन्जाबसँग ६० लाख डलर बाँकी छ । ६० लाख डलर खर्च गरिसकेको कलकत्ता नाइट राइडर्सको ५ लाख डलर बचेको छ । राजस्थान रोयल्सले ४१ लाख डलर खर्चेर खेलाडी अनुबन्ध गर्नसक्नेछ । उसले ७९ लाख डलर खर्च गरिसकेको छ ।

गत सिजनमा अंक तालिकाको पुछारमा रहेको रोयल च्यालेन्जर्स ब्यांगलौरले १२ जनासम्म खेलाडी लिन सक्नेछ । ब्यांगलौरको ३९ लाख बाँकी छ । सनराइजर हैदरावादको अक्सनका लागि २४ लाख डलर बँचेको छ । उसले ९६ लाख डलर खर्च गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने

काठमाडौँ, ८ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित

काठमाडौँ, ८ असोज । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन