काठमाडौँ, २ पौष । अघिल्लो वर्षको तुलनामा नेपाल आउने रेमिट्यान्स घटेको छ । नेपाल राष्ट्र बैंककाअनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा रेमिट्यान्स २.३ प्रतिशतले घटेको हो ।
केन्द्रीय बैंककाअनुसार चालू वर्षको पहिलो ४ महिनामा ३ खर्व ४ अर्व ९७ करोड रेमिट्यान्स आएको छ । अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स ३६.४ प्रतिशतले बढेको राष्ट्र बैङ्कको तथ्याङ्मा उल्लेख छ ।
यही अवधिमा विदेश जानेको संख्या भने बढेको छ । यो ४ महिनामा अघिल्लो वर्षको तुलनामा अन्तिम श्रम स्विकृती लिनेको संख्या ५.६ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त संख्या १०.३ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङकले देखाउँछ ।






