पीपीएल क्रिकेटमा काठमाडौँद्वारा धनगढी पराजित

पोखरा, २ पौष । प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सले एक्सपर्ट धनगढी ब्लुजलाई १०६ रनको विशाल अन्तरले पराजित गरेको  छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा पहिलो जीत दर्ता गर्ने क्रममा आज काठमाडौँले एक्सपर्ट धनगढी ब्लुजलाई १०६ रनको विशाल अन्तरले पराजित गरेको हो ।

धनगढीले टस जीतेर काठमाडौँलाई ब्याटिङको निम्ता दिएपछि उसले १७ ओभरको खेलमा पाँच विकेटको नोक्सानीमा १८५ रनको विशाल योगफल तयार गर्न सफल भएको थियो ।

काठमाडौँका लागि वसन्त रेग्मीले सर्वाधिक तीन विकेट, पवन सर्राफ र सुवोद भाटीले समान दुई/दुई तथा अमृत भट्टराई र सुशन भारीले  एक/एक विकेट लिए ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएवल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’लाई रु १० हजार पुरस्कार प्राप्त गर्नुहुने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने

काठमाडौँ, ८ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित

काठमाडौँ, ८ असोज । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन