काठमाडौँ, २ पौष । आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुन७१ हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी आज स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





