फुटवलमा रजत पदक विजेता करियरका खेलाडीको सम्मान

काठमाडौँ, २ पौष । १४ औं फेका कप फुटबल प्रतियोगितामा दोस्रो भई २० हजार नगद राशीसहित ट्रफि र रजत पदक जितेका करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमी (करियर स्कुल) पेप्सीकोला, टाउनप्लानिङ्ग फुटवल टीमका खेलाडीहरुका लागि विद्यालयले वधाई कार्यक्रमको आयोजना गरेको छ ।

करियर स्कुलमा आयोजित प्रार्थना सभामा प्रिन्सिपल हेम राई, एकेडेमिक हेड दिपेन्द्र श्रेष्ठलगायतले विजयी फुटबल खेलाडीलाई वधाई तथा शुभकामना दिएका थिए । विगत तीन वर्षसम्म लगातार विजयी भई ११, १२ र १३ औं संस्करणको फेका कफ ट्रफि पचाउन सफल करियर फूटबल टीमले १४ औं पटकमा भने फाइनलमा दोस्रो भएर रजत पदकमै चित्त बुझाउन परेको थियो ।

तैपनि शुरुका खेल देखिनै करियर टीमले आफ्नो आफ्नो दवदवा कायम मात्रै राखेन, अपराजित भई खेल भएका हरेक दिन जसोमा खेल जित्नुको साथै ‘म्यान अफ द म्याच’ लगायतका पुरस्कार पनि जिति नै रहेको थियो ।

फाइनल प्रतियोगितामा करियर फुटवल टीमले दोस्रो भएर नगद २० हजारसहित, ट्रफि, रजत पदकको साथै करियरका लक्ष्मण शाहीले इमर्जिङ्ग प्लेयर, शाहिल बस्नेतले बेस्ट मिडफिल्डर र सुजन भट्टराईले बेस्ट डिफेन्सको पदक पनि जितेका थिए । यसका साथै करियर फुटवल टीमले पेप्सीकोला फुटबल खेलमैदानमा उपस्थित सबै दर्शकको मन जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने

काठमाडौँ, ८ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित

काठमाडौँ, ८ असोज । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन