ब्रिजवाटर कप २०१९ फूटबल जारी

काठमाडौँ, २ पौष । गत मंसिर २९ गतेदेखि काठमाडौँको सिनामंगल स्थित ब्रिजवाटर इन्टरनेशनल कलेजले ब्रिजवाटर कप—२०१९ को फुटबल टुर्नामेन्ट गर्दै आएको छ ।

मंगलबार भएको पहिलो खेलमा गोल्डेनगेट इन्टरनेशनल कलेजले व्हाइट हाउस कलेज लाइ ३—१ ले पराजित गरेको छ । साथै उक्त खेलमा म्यान अफ द म्याच गोल्डेनगेटका सौगात मल्ल भए । भक्तपुर दुवाकोटस्थित नविन इङ्गलिश स्कुलका प्रिन्सिपल राम निरौलाले सौगात मल्ललाई म्यान अफ द म्याच पुरस्कार प्रदान गरे ।

हिजै भएको दोस्रो खेलमा क्याम्पियन कलेजले सिद्धि मंगल कलेजलाई ५—१ ले जित हासिल गरेकोछ भने उक्त खेलमा म्यान अफ द म्याच क्याम्पियन कलेजका रोनिस प्रजापतिले हात परेका छन् । प्रजापतिलाइ विनायक स्कुलक शिक्षक तुलशीहरि प्रजापति र बेस्ट ग्रुप भिजनका अध्यक्ष सुनिल के सीले प्रदान गरे ।

यसैगरि हिजै भएको अन्तिम खेलमा सैनिक आवाशिय मावि टीमले बानेश्वर क्याम्पसलाई ५—० ले हरायो भने म्यान अफ द म्याच पनि सैनिककै कमल गुरुङले हात पार्न सफल भए ।

बुधबारका तीन खेलहरु आदर्श जनप्रेमी र श्रमिक शान्ति, न्यु मिलेनियम र कौस्तुव एकेडेमी तथा सैपाल एकेडेमी र भिमेश्वर एकेडेमीबीच हुने ब्रिजवाटर कलेजका प्राचार्य तेज श्रेष्ठले बताए ।

उपत्यकाका ३२ वटा टीमले भाग लिएको सो प्रतियेगिता नकआउटको आधारमा खेलाइएको छ भने पहिलो हुने टीमले नगद १ लाख र दोस्रोले ५० हजार पाउनेछन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने

काठमाडौँ, ८ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित

काठमाडौँ, ८ असोज । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन