काठमाडौँ, १ पौष । आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन७१ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





