नेप्से १३ अंकले घट्यो

काठमाडौँ, ३० मंसिर । नेप्से सूचक सोमबार १३.७५ अंकले घटेर ११५४.११ विन्दुमा आइपुगेको छ । १६६ कम्पनीको ४० करोड ७९ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । १३ लाख ७१ हजार १३४ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक १७२.०९ अंकले घटेको छ । जीवन बिमा समूह पनि १३६.५३ अंकले ओरालो लागेको छ । वाणिज्य बैंक समूहको सूचक पनि ७.२३ अंकले घटेको छ । कारोबार रकममा एनएमबि बैंकको अग्रता छ । यसको ४ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ५.४५ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनरका लगानीकर्ता छन् । यसको भाउ ९.४९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज