काँग्रेसभित्र १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र

काठमाडौँ, ३० मंसिर । नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति सङ्घर्षले उचाइ लिएको हो ।

संस्थापन पक्ष अरू एक वर्ष अवधि थप्न चाहन्छ भने अर्को पक्ष कार्यतालिकासहित महाधिवेशन गराउने सर्तमा मात्रै अवधि थप्नुपर्ने अडानमा छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने पक्षमा चर्को दबाब दिँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई बहिष्कार गरेको छ ।

अघिल्लो बैठकमा पौडेल पक्षका दुई नेता आएर महाधिवेशनको कार्यतालिका आउनुपर्ने अडान राख्दै बाहिरिए पनि आइतबारको बैठकमा कोही पनि उपस्थित भएनन् । त्यति मात्र होइन, केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा वरिष्ठ नेता पौडेल भने उपत्यकाबाहिर छन् । कुल ८४ सदस्यीय कार्यसमितिको बैठकमा बहुमत सदस्य उपस्थित भएको जानकारी पार्टी सचिवालयले दिएको छ । यो समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २९ बैशाख । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

डोटी, २९ बैशाख । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला

महोत्तरी, २९ बैशाख । लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट सोही

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021