चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइको निधन

काठमाडौँ, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ ।

स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै गर्दा बाटोमा नै आइतबार राति १० बजेर २० मिनेटमा उहाँको निधन भएको हो । उहाँको निधनको कारण भने खुलेको छैन ।

करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गर्नुभएको थियो । भट्टराई तीसको दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय उहाँले बनाउनुभएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् । उहाले दर्जनौ‌ं चलचित्रमा अभिनयसमेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा

काठमाडौँ, ७ वैशाख । रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम सरकार गठनका क्रममा भएको सामान्य विवादका