सिन्धुपाल्चोकको दुर्घटनामा ज्यान गुमाउने प्रति सांसद बस्नेतद्धारा दुःख व्यक्त

भक्तपुर, २९ मङ्सिर । रमेश गिरी । प्रतिनिधीसभाका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ को ६ किलोमा आज विहान भएको बस दुर्घटनाले आफू निकै मर्माहित भएको बताउनु भएको छ ।

आज भक्तपुरमा उहाँले कालिन्चोक मन्दिर दर्शन गरेर भक्तपुरतर्फ फर्कदै गरेका यात्रु चढेको बा. ४ ख. ४४६८ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा भक्तपुरमा बसोबास गर्दै आएका बासिन्दाले ज्यान गुमाएकोमा आपूm निकै दुःखी भएको बताउनु भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं युवा ईन्चार्ज समेत रहनु भएका सांसद बस्नेतले दुर्घटनामा परेर ज्यान गुमाउनेहरु प्रति दुःख एवं समवेदना प्रकट गर्दै घाईतेहरुको शिघ्र उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।

बस्नेतले भन्नुभयो–“बिहान बस दुर्घटनामा परेर भक्तपुरका बासिन्दाको ज्यान गएको सुनेर निकै चिन्तित भएँ, थाहा पाए लगत्तै सिडिओ, प्रहरी र यहाँका बिभिन्न व्यक्तिहरुलाई सोधे, भक्तपु्रको आदर्शबाट कालिन्चोक दर्शन गर्न बस रिजर्भ गरेर गएकाहरु परेको सुनेर निकै मर्माहित भएको छु ।”

घट्नामा अधिकांश व्यक्ति पूर्वतिर स्थायी घर भई भक्तपुरका बिभिन्न ठाउँमा बसोबास गर्दै आएकाहरु परेको र १५ जनाको ज्यान गएको सुनेको बताउदै उहाँले घाईतेहरुको सफल र शिघ्र उपचार सेवा पुर्याउन अनुरोध गर्नुभयो ।

दोलखाको कालिन्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कने क्रममा यात्रु चढेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस लामोसाँघु जिरी सडक खण्डको छ किलोमा सडकबाट ५०० मिटर तल खस्दा १५ जनाको ज्यान गएको छभने भने १९ जना घाइते भएका छन् । दुर्घटनामा ९ महिला, ३ पुरुष, एक बालिका र दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ का २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ, १५ वर्षकी रोशनी तामाङ, २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङ रहेका छन् ।

त्यस्तै दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत र ३२ वर्षकी चिनु बस्नेत, भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री, ३५ वर्षकी मैयाँ केसीको पनि मृत्यु भएको छ । दुई जनाको भने नाम र ठेगाना नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये १४ जनाको काठमाडौंको ह्याम्स अस्पताल, २ जनाको काठमाडौं मेडिकल कलेज, ३ जनाको धुलिखेल अस्पताल र एक जनाको सिन्धुपाल्चोक खाडीचौरको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021