पोखरा एशियाली राष्ट्रकै खेलकूद शहरको रुपमा विकास हुन सक्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, २९ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रकृतिको वरदानको रुपमा रहेको पोखरा समग्र नेपाल तथा एशियाली राष्ट्रको समेत खेलकूद शहरको रुपमा विकास हुन सक्ने सम्भावना उल्लेख गर्नुभएको छ ।

आजदेखि यहाँ शुरु भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल)टी २० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उहाँले पोखरालाई पर्यटनका साथै खेलकूद, शिक्षा र स्वास्थ्यको राजधानी बनाउने योजनाअनुसार सरकारले पाँच वर्षभित्रमा खेलकूदको जग बसाल्ने तथा आवश्यक खेल संरचना निर्माण गरेर स्पोर्टस कम्प्लेक्सलाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजना सुनाउनुभयो ।

मुख्यमन्त्री गुरुङले खेलकूदको विकासका लागि खेलको व्यावसायिकरण, खेल संरचना निर्माण र तल्लो तहबाटनै खेलकूदप्रति आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “खेलको व्यावसायिकरण, खेल संरचना निर्माण र सानो उमेरदेखि नै बालबालिकालाई खेलमा आकर्षित नगर्दासम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा खरो उत्रिन सकिँदैन । विश्वस्तरीय खेलमा स्पर्धा गर्ने लक्ष्य राखिनुपर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021