बागमति गाउँपालिकाको आफ्नै प्रशासनिक भवन बन्ने

ललितपुुर, २९ मंसिर । ललितपुरको बागमति गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण हुने भएको छ ।

२०७८ जेठ १३ गते भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आइतवार गाउँपालिका वडा नं. ३ स्थित भट्टेडाँडाँमा प्रशासनिक भवनको शिलन्यास भएको हो । कुल आठ करोड ८७ लाख ३७ हजार ७६६ रुपियाँ लागतमा गाउँपालिकाको कार्यालय भवन निर्माण हुन लागेको हो ।

प्रशासनिक भवनको अभावमा सेवा प्रवाहमा समस्या भइरहेका बेला बागमति गाउँपालिकाले गाउँपालिकाको कार्यालय भवन निर्माणलाई उच्च प्राथमिकता दिएको हो ।

गाउँपालिकाको कार्यालय भवनको शिलन्यास गर्दै प्रदेश ३ सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्ेलले गाउँपालिकाको प्रशासनिक भवन निर्माण भएपछि सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गर्नुभयो । स्थानीय सरकार सेवाग्राहीको नजिकको सरकार भएकाले गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने भन्दै मन्त्री जमकट्ेलले तीनै तहको सरकार मध्ये स्थानीय तह सेवा प्रवाह गर्ने नजिकको सरकार भएको बताउनुभयो ।

गाउँपालिकाले विस्तृत परियोजना प्रस्ताव (डिपिआर) सहित प्रदेश सरकारमा आए प्रदेश सरकारले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य चेतनाथ सञ्जेलले निर्धारित समय भित्रै प्रशासनिक भवन निर्माण गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष बीरबहादुर लोप्चन तथा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले गाउँपालिकाको प्रशासकीय भवन निर्धारित समयभित्र सम्पन्न गर्न निर्माण व्यवसायीलाई सबै पक्षबाट साथ र सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

पूर्व अर्थ राज्य मन्त्री उदय शमशेर राणा, नेपाली काँग्रेस ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्य, गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरे, गाउँपालिकाका सातवटै वडाका वडाध्यक्ष र स्थानीय राजनीतिक दलका प्रतिनिधिले स्थानीय तहको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षमै गाउँपालिकाको प्रशासनिक भवन निर्माणको शिलन्यास हुनु खुसीको कुरा भएको बताउनुभयो ।

उहाँहरुले निर्माण व्यवासायिलाई प्रशासनिक भवन निर्माणका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्नुपर्ने र निर्माण व्यवसायीले पनि निर्धारित समयसीमा अगाडि नै काम सम्पन्न गरेर समाजमा उदारणीय बन्न आग्रह गर्नुभयो ।

उक्त भवन गाउँपालिकाको आफ्नै आन्तरिक स्रोत र जिल्ला समन्वय समिति ललितपुरको बजेटबाट प्रशासनिक निर्माण हुन लागेको हो । भट्टेडाडाँमा गत वर्ष गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि सात रोपनी जग्गा गाउँपालिकाले किनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021