उत्कृष्ट सेवा प्रदान गर्न प्रहरी कर्मचारीलाई आईजीपी खनालको निर्देशन  

भोजपुर, २९ मंसिर । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले हालको परिस्थितिलाई मध्यनजर राखी गैरकानुनी क्रियाकलापलाई निरुत्साहित तथा निराकरण गर्न प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुर परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेस भवनको उद्‍घाटन गर्दै आईजीपी खनालले नयाँ भवनसँगै  थप उत्कृष्ट सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

संगठनमा उपलब्ध भौतिक पूर्वाधार तथा स्रोत साधनले प्रहरीको क्षमता अभिवृद्धि र आधुनिकीकरणमा दूरगामी प्रभाव पार्ने उल्लेख गर्दै खनालले थप साधन स्रोत व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको जानकारी दिए । कार्यक्रममा खनालले पूर्व प्रहरी कर्मचारीमध्येका जेष्ठ नागरिक सदस्य पूर्व प्रहरी जवान ८१ वर्षीय डिकबहादुर तामाङलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै भवन निर्माण कम्पनीका प्रोप्राइटरहरुलाई कदरपत्र समेत प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २९ बैशाख । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

डोटी, २९ बैशाख । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला

महोत्तरी, २९ बैशाख । लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार औरही नगरपालिका वडा नम्बर ४ कठुधारबाट सोही

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021