घट्यो शेयर बजार

काठमाडौँ, २९ मंसिर । आज आइतबार शेयर बजार घटेको छ ।

आज शेयर बजार घटेर ४.७८ अंकले घटेर शेयर सूचक ११६७.८६ अंकमा पुगेर रोकिएको छ । तर ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक भने ०.०८ अंकले बढेर २५५.६७ अंकमा पुगेको छ ।

१ सय ७२ कम्पनीको २० लाख ७२ हजार कित्ता शेयर किनबेच भएको आइतबार ६८ करोड ६० लाखको कारोबार भएको छ ।
शेयर बजार बढेपनि उपसूचक भने घटेका छन् ।

आज टेडिङ १५.९२, बैंकिङ २.८२ र अन्य सूचक २.९२ ले बढ्यो भने बाँकी सबै सूचक घटेका छन्। सबैभन्दा बढी जीवन बीमाको शेयर १५१.९२, होटल ४३.२१, निर्जीवन बीमा ३३.५३ तथा माइक्रोफाइनान्स ३६.२८ अंकले घटेको छ ।

आज सबैभन्दा बढी एनएमबी बैंकको सबैभन्दा बढी कारोबार भएको छ । एनएमबी बैंकको ६ करोड ३७ लाख १५ हजारको कारोबार भयो भने नेपाल बैंक लिमिटेडको शेयर ४ करोड ५४ हजारको कारोबार भएको छ ।

यस्तै, स्वाबलम्बन लघुुवित्त वित्तीय संस्थाको शेयर ३ करोड ८५ लाखको कारोबार भयो । आज राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज