चितवनमा चिकेन होली डे मनाईंदै

काठमाडौँ, २९ मंसिर । चितवनमा किचेन होली डे घोषणा गरिएको छ ।

लागतअनुसार मूल्य नपाएको भन्दै नेपाल ह्याचरी उद्योग संघले आइतबारबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द गरेको छ । आइतबारबाट १० दिनसम्म चल्ला उत्पादन बन्द गरिने नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलले बताएका छन्  ।

ह्याचरी उद्योगीहरुले १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने निर्णय गरेका छन् ।

१० दिन बजार बन्द गर्दा बजार राम्रो हुन्छ भनेर चिकेन होली डे सुरु गरिएको भए पनि त्यो किसानको हितमा नभएको बताइएको छ । यसैबीच राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समितिका संम्योजक विष्णु खड्काले आज चल्ला उत्पादन बन्द गरेर भोलीका दिनमा मूल्य बढाएरै बेच्ने उदेश्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज